दूरसञ्चार सेवामा गुनासो गर्नेमध्ये ७१ प्रतिशत इन्टरनेटका

होस्ट खबर ७ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : दूरसञ्चार सेवाको प्रयोग बढेसँगै सेवाका गुणस्तरका सम्बन्धमा गुनासो गर्ने प्रचलन पनि बढेको छ । सेवाग्राहीले सेवाका सम्बन्धमा चित्त नबुझेको, तोकिएको मापदण्ड अनुसारको सेवा नभएको विषयमा नियामक निकायसँग गुनासो गर्ने गरेका छन् ।

दूरसञ्चार प्राधिकरणका अनुसार सेवा प्रदायक कम्पनीले प्रविधि सुधार तथा स्तरोन्नतीमा लगानी बढाएसँगै ग्राहक पनि बढेका छन् भने गुनासो गर्ने क्रम पनि उल्लेख्य देखिएको छ ।

गत आर्थिक वर्षमा प्राधिकरणमा इन्टरनेट सेवाका सम्बन्धमा कुल १९१ उजुरी परेका छन् भने भ्वाइस सेवाका सम्बन्धमा ७६ वटामात्र उजुरी परेका छन् । आजको कारोबार दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array