ट्वीटरको सीईओ पद छाड्ने एलन मस्कको घोषणा

होस्ट खबर ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

एजेन्सी : एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)- पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर सकेसम्म छिटो पद छाड्ने बताएका हुन् । उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि, नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए र नतिजाको पालना गर्ने बताएका थिए ।

त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२.५ प्रतिशत मत परेको थियो । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उनले ट्वीट गरेर सीईओ पदबाट राजीनामा दिने बताएका हुन् ।

उनले लेखका छन्, ‘म सीईओ पदबाट छिटोभन्दा छिटो राजीनामा दिनेछु । म केबल सफ्टवेयर र सर्भर चलाउने छु ।’ विश्वका अर्बपति एलन मस्कले टेस्ला र स्पेस एक्स पनि चलाउँछन् ।

उनले हालै ट्वीटरको स्वामित्व खरिद गरेपछि धेरै कुरा परिवर्तन गर्ने कोसिस गरेका थिए, त्यसबाट उनको आलोचना भएको थियो । खासगरी उनले ट्वीटर अकाउन्ट भेरिफाइड भएको संकेत चिह्न ब्लु टिकका लागि पैसा तिर्नुपर्ने भनेर निर्णय गरेपछि विश्वभरबाट आलोचना भएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्