१६ सय किलोमिटरमा अप्टिकल फाइबर

होस्ट खबर १९ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमार्फत १ हजार ६ सय ५६ किलोमिटर सूचना महामार्ग निर्माण (अप्टिकल फाइबर बिछ्याउने) कार्य गर्दा २ अर्ब ९ करोड ३८ लाख ६७ हजार रुपैयाँ खर्च गरेको छ ।

प्राधिकरणले तीनओटा प्याकेजमा मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्नेगरी कुल ९ अर्ब ८९ करोड १७ लाखको सम्झौता गरेको थियो । सम्झौताबमोजिम हालसम्म ७७ प्रतिशत मात्रै कार्य प्रगति भएको छ ।

प्राधिकरणले तय गरेको सूचना महामार्गको तीनवटा प्याकेजमध्ये पहिलो प्याकेजमा प्रदेश १, मधेस र बाग्मती प्रदेशमा ६०.८५ प्रतिशत सम्पन्न भएको जनाएको छ । यो प्याकेजमा नेपाल दूरसञ्चार कम्पनीसँग दुई वर्षभित्र कार्य सम्पन्न गर्नेगरी सम्झौता भएबमोजिम सो क्षेत्रमा १ हजार ३ सय २६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउने कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

सो क्षेत्रमा डीडब्लूडीएम सिस्टम जडान भएको र ४७ वटा कोर राउटर इक्विपमेन्ट जडान कार्य सम्पन्न भएको जनाइएको छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्