पेन्सनपट्टा अब अनलाइनबाटै

होस्ट खबर १४ मंसिर २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : अबदेखि निजामती सेवाका अवकाश प्राप्त कर्मचारीको अनलाइनबाटै पेन्सनपट्टा तयार हुने भएको छ । सेवानिवृत्त कर्मचारीलाई पेन्सन लिन सहज बनाउने उद्देश्यले राष्ट्रिय किताबखाना ९निजामती०ले मङ्गलबारदेखि ई–पेन्सन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।

किताबखानाले सबै निजामती कर्मचारीको सेवा प्रवेश गरेदेखि अवकाश हुँदासम्मका सबै विवरणलाई अनलाइनमा समावेश गरेको छ । सोहीअनुरूप अनलाइनबाट पेन्सनपट्टाको काम गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । नयाँ प्रविधिका कारण अवकाश प्राप्त कर्मचारीले १५ मिनेटभित्र पेन्सनपट्टा लिन सक्नेछन् । किताबखानाका महानिर्देशक बाबुराजा श्रेष्ठले पेन्सनपट्टा बनाउनका लागि दुर्गम जिल्लादेखि तीनरचार दिनसम्म काठमाडौँ धाइरहन नपर्ने बर्ताए ।

कर्मचारीको सबै विवरण विद्युतीकरण नहुँदा अहिलेसम्म देशभरका सबै निकायमा कार्यरत कर्मचारी सेवाबाट अवकाश हुँदा पेन्सनपट्टालगायतका कागजात निर्माणका लागि समय, श्रम र रकम खर्च गरी काठमाडौँ धाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।

विद्युतीय हस्ताक्षर अहिले सबै कार्यालयमा कार्यान्वयनमा नआएको र सबै कार्यालयमा विद्युतीय हस्ताक्षर कार्यान्वयनमा आएपछि भने घरैमा बसेर पेन्सनपट्टा लिन सकिनेछ । आगामी दिनदेखि कर्मचारी अवकाश हुनुभन्दा छ महिना अगाडि नै सम्बन्धित कर्मचारीलाई अनलाइन माध्यमबाट जानकारी गराइनेछ । गोरखापत्र दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array