काठमाडौं । नयाँ आईफोन किनेपछि कहिल्यै त्यो फोनको हिस्ट्री नियाल्नु भएको छ ? कतै तपाईंले किनेको आईफोन मर्मत गरेर नयाँजस्तै बनाई (वा रिफर्बिस गरी) बेचिएको त होइन ?
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
तपाईंले किन्नुभएको आईफोन नयाँ हो कि रिफर्बिस्ड हो भन्ने कुरा आफैं सजिलै थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि पहिले आफ्नो आईफोनको मोडल नम्बर चेक गर्नुहोस् ।
![](https://www.techpana.com/wp-content/uploads/2022/05/220-x-220_1652257202.gif)
सेटिङको ‘जेनेरल’ भित्र रहेको ‘अबाउट’ मा जानुहोस् ।
![](https://www.techpana.com/wp-content/uploads/2022/05/iphone_refurbished.jpg)
‘अबाउट’ मा तपाईंको आइफोनको सफ्टवेयर भर्सन, डिभाइस नेम, सिरियल नम्बर, मोडल नाम, मोडल नम्बर हेर्न सक्नुहुन्छ । मोडल नम्बरले तपाईंको आईफोनको प्रकृति के कस्तो छ भन्ने कुरा निर्धारण गर्छ ।
![](https://www.techpana.com/wp-content/uploads/2022/05/iphone_refurbished1.jpg)
यदि तपाईंको मोडल नम्बर M बाट सुरु भएको छ भने आईफाेन नयाँ हो भन्ने बुझिन्छ । त्यस्तै यदि F बाट सुरु भएको छ भने तपाईले किनेको आईफोन रिफर्बिस्ड गरिएको हो भन्ने बुझिन्छ ।
P बाट मोडल नम्बर सुरु भएको छ भने पर्सनालाइज गरिएको आईफोन हो ।
N बाट सुरु भएको छ भने चाहिँ तपाईंको आईफोन कुनै बिग्रिएको/खराब आईफोनको रिप्लेस्मेन्टको रुपमा बेचिएको आईफोन हो ।
रिफर्बिस्ड भएका आईफोन पनि नयाँले जस्तै राम्रो काम दिन्छ। एप्पलले आफ्ना सर्टिफाइड रिफर्बिस्ड प्रडक्टलाई आवश्यकता अनुसार मर्मत गरेर पुरै नयाँ जस्तै बनाउँछ ।
यस्ता रिफर्बिस्ड आईफोन नयाँ जस्तै देखिने र नयाँले जस्तै काम गर्ने भए पनि एप्पलले यस्ता फोन नयाँ भनेर बेच्न पाउँदैन । त्यसैले एप्पलले सामान्यतः यी मर्मत गरिएका आईफोन प्रडक्टहरुलाई विशेष छुटमा बेच्ने गर्छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्