बैंकको ब्याजदर घट्यो

होस्ट खबर २६ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं : उद्योगी व्यवसायीले ब्याजदर वृद्धिविरुद्ध देशव्यापी आन्दोलन गरिरहेका बेला वाणिज्य बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर यथावत राख्दै आगामी चैत महिनामा निक्षेप र कर्जाको ब्याजदर सामान्य घटाउने भएका छन् ।

नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले आगामी चैत महिनामा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो । संघका अनुसार चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा १ प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको छ ।

हाल बैंकहरूले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम लिने गरेकोमा अब १ प्रतिशत घटेपछि आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्ने भएका हुन् ।

बैंकहरूले निक्षेपमा साधारण बचततर्फ ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज प्रदान गर्नेछन् । यसअघि साधारण बचतमा न्यूनतम ६ दशमलव ४२ प्रतिशतदेखि अधिकतम ८ दशमलव ४२ प्रतिशतसम्म ब्याजदर तोकिएको थियो । नेपाल समाचारपत्रबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्