सिम्ता गाउँपालिकाद्वारा ६१ करोड ७५ लाख बराबरको बजेट प्रस्तुत

होस्ट खबर १० असार २०८२, बुधबार
2 Min Read
Aa

सुर्खेत/सिम्ता : सुर्खेतको सिम्ता गाउँपालिकाले सम्वृद्द सिम्ता सुखि सितालिको दीर्घकालीन सोच कार्यक्रमलाई कार्यनयन गर्न वजेट केन्द्रित रहेको जनाएको छ । १७औं गाउँ सभामा ६१ करोड ७५ लाख १९ हजारको वरारको वजेट पेश गरिएको छ ।

गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उ‌द्घाटन सभामा उपाध्यक्ष गोमा शर्मा (रेग्मी) ले प्रस्तुत गरेको जम्मा अनुमानित बजेट ६१ करोड ७५ लाख १९ हजार रहेको छ। चालू तर्फ २७ करोड ६४ लाख र पुँजिगत तर्फ ३ करोड २८, वितिय सामानिकरण तर्फ १० करोड ६१ लाख, राजश्व बाँडफाँड १० करोड ८२ लाख, विशेष अनुदान तर्फबाट १ करोड, समपुरक तर्फ ७० लाख, पालिकाको अनुमानित राजश्व १ करोड, बाँकी मौज्दात २ करोड ९४ लाख, प्रदेश सरकारको ३ करोड ७४ लाख रुपैयाँ वरावरको वजेट सभामा पेश गरिएको छ । सभामा विभिन्न विषयगत समितिका संयोजकहरुले आ आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रमको संचालन सभाका सचीव एवम् प्रमुख प्रशासकीय अधिकृत जगत वहादुर घर्तीले गर्नुभएको थियो ।

सिम्ता गाउँपालिकाले आगामी वर्षको भन्दा यो वजेट कृषि, रोजगारि, शिक्षा, स्वास्थ्य, अशिक्षा पछौटे पना गरिबी उन्मुल तथा न्युनिकरण, पर्यटनर पुर्वाधारलाई वढि महत्त्व दिएको छ। आगामी नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि सिम्ताले ६१ करोड ७५ लाख १९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । दफावार छलफल पछि वजेट अर्को सभाबाट पास हुने जनाएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्