भेरीगंगा नगरपालिकाको १७औं नगरसभाबाट ८० करोड बजेट पारित

होस्ट खबर १० असार २०८२, बुधबार
1 Min Read
Aa

भेरीगंगा/चिन्छु : सुर्खेतको भेरीगंगा नगरपालिकाले १७ औं नगरसभाबाट ८० करोड बजेट पारित गरेको छ ।

मंगबलार भेरीगंगा नगरपालिकाको नगरसभाको १७ औं अधिवेशनको पहिलो बैठकबाट आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक र मुल बजेट तथा कार्यक्रमहरू पारित गरेको छ। नगर सभाले आगामी आ।व। २०८२/०८३ का लागि ८० करोड २५ लाख २४ हजार बराबरको अनुमानित बजेट प्रस्ताव गरिएको छ । नगर सभाले नगरको आफ्नै लोगो र नगर गान समेत सार्वजनिक गरेको छ। नगर सभामा नगर प्रमुखले आगामी बर्षको निति, कार्यक्रम प्रस्तुत गरे। यस्तै नगर उपप्रमुखले आगामी आर्थिक बर्षको आयव्यय बजेट प्रस्तुत गरेका हुन् ।

आगामी दोस्रो बैठक २ असार ७ गते ११ बजे नगरसभा कक्षमा बस्ने भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्