मुगुको एक वडामा जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य विरुवा रोप्नुपर्ने

होस्ट खबर २२ असार २०८२, सोमबार
1 Min Read
Aa

मुगु : मुगुको पश्चिमी भेगमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ६ को वडाले वडावासीलाई जन्म, विवाह र मृत्यु दर्ता गर्दा अनिवार्य वृक्षारोपण गर्नुपर्ने प्रावधान ल्याएको छ ।

वडाको नियमअनुसार जन्म र विवाह दर्ता गर्दा दुईवटा र मृत्यु दर्ता गर्दा एकवटा विरुवा रोप्नुपर्ने प्रावधान लागू गरेको हो ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण केरा नफल्ने ठाँउमा केरा फल्न थालेको, लामखुट्टे हिमालमा पनि पुग्न थालेको, खानेपानीको मुहानहरु सुक्न थालेकोलगायतका समस्याहरु देखिन थालेपछि वडा नयाँ अभियान सुरु गरेको हो ।

जन्म, विवाह र मृत्यु दर्ता गर्दा विरुवा रोप्नेहरुलाई सोही अनुसार सरकारी सेवा उपलब्ध गराइने व्यवस्था वडा सरकारको नीति सर्वदलीय र सर्वपक्षीय आम वडावासीको सहभागितामा लागू गरिएको हो ।

जन्म, विवाह र मृत्यु दर्ता गर्ने ३५ दिनको समयभित्र आउने वडावासीले बिरुवा रोपेको फोटो र भिडियो साथमा ल्याउनुपर्नेछ ।

उक्त अभियान प्रभावकारी हुँदै गएको वडा नम्बर ६ का वडा अध्यक्ष भरत बहादुर शाहीले बताए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्