लेकबेशी/सुर्खेत : लेकबेशी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/२०८३ को लागि साँढे ६१ करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाको १७ औं नगर सभाले ६१ करोड ५१ लाख ८२ हजार ६ सय रूपैयाँको वजेट ल्याएको हो।

नगरपालिकाको १७ औं नगर सभामा नगर प्रमुख उमेशकुमार पौडेलले आगामी बर्षको निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै नगर उपप्रमुख बिमला खड्लुकले आगामी आर्थिक वर्षका लागि साँढे ६१ करोडको वजेट प्रस्तुत गर्नु भया। विनियोजित बजेट मध्ये चालु तर्फ ४३ करोड ४७ लाख २ हजार ५ सय १७ रूपैयाँ र पूँजिगत तर्फ १८ करोड ४ लाख ८० हजार ८३ रूपैयाँ विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ मा अनुमान गरिएको खर्च मध्ये आन्तरिक श्रोतबाट २ करोड ६६ लाख ४७ हजार ९ सय १६ रूपैयाँ, संघीय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानबाट ११ करोड ३४ लाख, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान चालुबाट २७ करोड १८ लाख रूपैयाँ, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान पुँजीगतबाट १० लाख, संघीय राजश्व बाँडफाँड १० करोड ९९ लाख ७६ हजार ९ सय ३६ रुपैयाँ, संघीय सरकारबाट प्राप्त विशेष अनुदान ८९ लाख, संधीय सरकारबाट प्राप्त सपूरक अनुदानबाट ४९ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान १ करोड ४८ लाख ८१ हजार, प्रदेश सरकारबाट प्राप्त राजश्व बाँडफाँड २७ लाख ९६ हजार ७ सय ४८ रुपैयाँ, प्रदेश सरकार सशर्त अनुदान चालुबाट २० लाख ३० हजाररहेको छ ।
यस्तै प्रदेश सरकार सशर्त अनुदान पुँजीगतबाट २ करोड ४५ लाख, प्रदेश सरकार विशेष अनुदान चालुबाट ४५ लाख, प्रदेश सरकार समपुरक अनुदान पुँजीगतबाट १ करोड १२ लाख, स्थानीय राजश्व बाँडफाडबाट १ करोड, सडक बोर्ड नेपालबाट ५० लाख, जनसहभागिताबाट ३६ लाख ५० हजार र पालिकाको चालु वर्षको बैंक मौज्दात २ करोड ५६ लाख ५८ हजार १ सय ९० रूपैयाँलाई आधार लिइएको छ ।












प्रतिक्रिया दिनुहोस्