सत्ताबाट बाहिर हुत्तिएको कांग्रेस राष्ट्रपतिको भाग पाउने आश

होस्ट खबर १० माघ २०७९, मंगलवार
3 Min Read
Aa

काठमाडौँ : सत्ताबाट बाहिर हुत्तिएको कांग्रेस यतिबेला राष्ट्रपतिको भाग पाउने आशामा लागिपरेको छ। अर्कोतिर कांग्रेसले राष्ट्रपति निर्वाचन जुनसुकै हालतमा समयमै हुनुपर्ने पनि माग गरेको छ। यसै सन्दर्भमा सोमबार बसेको कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपतिको निर्वाचन समयमै गरिनुपर्ने निष्कर्ष निकालेको छ।

सत्तासाझेदार दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रपतिको विषयमा कसैले आश नगर्न भन्दै संसद्बाटै झस्काइसकेका छन्। ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएका तर सरकारमा सहभागी नभएमा दलहरूलाई इंगीत गर्दै भनेका थिए, ‘विश्वासको मत दिएकै आधारमा कुनै पदको बार्गेनिङ खोज्नुभएको हो भने। त्यो आस मात्र हुनेछ।’

कांग्रेसले भने सरकार र निर्वाचन आयोगलाई राष्ट्रपतिको निर्वाचन अघिल्लो समयमै गर्न ध्यानाकर्षण गराउने भएको छ। पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले भने, ‘कुनै पनि कारणले राष्ट्रपति निर्वाचन पछि सार्न हुन्न भन्ने हामीले निर्णय गरेका छौं। कानुन र ऐनमा समस्या छन् भने सरकारले त्यसलाई संशोधन गर्दै लैजानुपर्छ।’

त्यसो त कांग्रेसले सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएको थियो। दुवै पदमा सत्तासाझेदार दलहरूले जितिसकेका छन्। पदाधिकारीको बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि अरू दलको सहयोग लिएर उम्मेदवारी दिने विषयमा कांग्रेस अघि बढेको छ।प्रधानमन्त्रीलाई विश्वासको मत दिनु पूर्वसन्ध्यामा प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाबीच भएको

वार्ताका क्रममा राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने आन्तरिक सहमति नेताहरूबीच भएको स्रोतको दाबी छ।कांग्रेसका एक पदाधिकारीले भने ‘राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई माओवादी केन्द्रले साथ दिने कुरामा हामी ढुक्क छौं। माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफलमा छौं।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने, तर प्रचण्डकै भर

नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता डा।प्रकाशशरण महतले जानकारी दिए ।

‘कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको छ । त्यसका लागि अन्य दलसँग छलफल सुरु गर्छौ,’ उनले भने । नेपाली कांग्रेसले पार्टीकै उम्मेदवार उठाउने निर्णय गरे पनि त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै निर्णायक मानेको छ ।

कांग्रेसले विश्वासको मत दिएका बेला राष्ट्रपतिमा सघाउने विषयमा सहमति भए नभएको नखुले पनि संविधान जोगाउन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेसले उनीसँग धेरै अपेक्षा गरेको महतको भनाइ छ । तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा केही बोलेका छैनन् ।

उनले प्रतिपक्षी दलसँगको सहमतिमा मात्र राष्ट्रपतिको उम्मेदवार तय हुने बताएका छन् ।कांग्रेसले २९ फागुनअघि नै राष्ट्रपतिको निर्वाचन गर्न दबाब दिने निर्णय पनि गरेको छ । वर्तमान सत्तागठबन्धनले फागुनपछि राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेपछि कांग्रेसले दबाब दिने रणनीति बनाएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array