पुर्वमन्त्री आलमसहित ४ जनालाई जन्मकैद सजाय

होस्ट खबर १४ बैशाख २०८१, शुक्रबार
1 Min Read
Aa

रौतहट : नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री अफताब आलम सहित ४ जनालाइ जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ । बम बिष्पोटमा परेका घाइतेलाइ जिउदै ईटा भट्टामा हालेर मारेको आरोपमा पुपक्षको लागी नख्खु जेलमा रहेका आलमलाइ बिहीबार जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले जन्मकैदको सजाय सुनाएको हो ।

जन्मकैदको सजाय पाउनेहरूमा कांग्रेस नेता आलम, उनका भाइ मोहम्मद महताब आलम, शेख सराज र बद्री सहनी रहेका छन् । त्यस्तै, घटनाका अभियुक्त बनाइएका मुक्ति साहलाई भने सफाइ मिलेको छ ।

पहिलो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको बम बिस्फोटको घटना र त्यसपछि प्रमाण नष्ट गर्न २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा नेता आलम, उनका भाइ मोहम्मद महताब आलम र शेख सराजसहित ११ जनाविरुद्ध ०७६ साल कात्तिक १८ गते मुद्दा दर्ता भएको थियो । सोही मुद्दामा कांग्रेस नेता आलम ०७६ असोज २६ मा पक्राउ परेका थिए ।

थुनछेक बहसपछि ०७६ कात्तिक २९ मा जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । त्यसयता उनी नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

आलमको पक्षबाट बुधबार नेपाल बार एसुसेसनका अध्यक्ष गोपाल घिमिरे सहितकाले बहस गरेका थिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array