गृहमन्त्रीको बचाउमा ओली उत्रिँदा कांग्रेसको आक्रोस: ठगिको प्रमाणसहित उपस्थित हुन्छौं

होस्ट खबर ९ बैशाख २०८१, आईतवार
2 Min Read
Aa
अध्यक्ष ओली ललितपुर, ८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शनिबार ललितपुरको गोदावरीमा आयोजना गरेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै। तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्ष दल नेपाली कांग्रेससँग उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउने नैतिक अधिकार नभएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उनले अचानक सत्ताबाट बाहिरिनु पर्दा कांग्रेसमा आक्रोश, क्षुब्ध र हतास देखिएको उल्लेख गरेका छन् ।

उनले भने, ‘समीकरणलाई सफल हुन नदिन र भत्काउन उसले हरसम्भव प्रयास गर्‍यो । त्यसका लागि उसले रास्वपा र अन्य कतिपय दलका नेताहरुलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गर्‍यो । तर, कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै ती दलहरु नयाँ राजनीतिक समीकरणमा संलग्न हुनासाथ यतिबेला हतास मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ । यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्कसङ्गत आधार छैनन् ।’

अध्यक्ष ओलीले सहकारी क्षेत्रमा गम्भीर समस्या देखापरेको उल्लेख गर्दै बचतकर्ताहरुको अर्बौं रकम हिनामिना भएको विषयमा गम्भीर छानबिन गरी दोषीहरुलाई कानूनी कारबाही गरिनुपर्ने बताए ।

गृहमन्त्रीको विषयमा कांग्रेसले राखेको मागलाई लक्षित गर्दै उनले भने, ‘तर, निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न सकिँदैन । हिजोसम्म सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका मन्त्री र नेताहरुलाई राजीनामा गराउन तयार नहुने कांग्रेसले यतिबेला अरुमाथि प्रश्न उठाउने नैतिक आधारसमेत राख्दैन ।

अब बसिने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्रीविरुद्ध प्रमाणसहित उपस्थित हुन्छौंः विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित आफूहरु उपस्थित हुने बताएका छन् ।

इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान रोकिएको बताएका छन् । उनले भनेका छन् “गृह मन्त्रालयको विषयमा प्रश्न उठेपछि गृहमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ दिने हो । अहिले उठेको मुद्दा गृह मन्त्रालयसँग सम्बन्धित होइन । सहकारी ठगीसँग सम्बन्धित मुद्दा हो ।” एउटा मालिकलाई चाहिँ पक्राउ गर्न रेड नोटिस अर्कालाई रेड कार्पेट ? एउटालाई प्रहरीले प्रक्राउ गर्नुपर्ने, अर्कालाई चाहिँ सलाम ठोक्नुपर्ने ?

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array