मध्यपश्चिम विश्वविद्यालयको सिटेन: एक अर्ब ३६ करोड बजेट स्वीकृत

होस्ट खबर ३० असार २०८२, मंगलवार
1 Min Read
Aa

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयको सोमबार काठमाडौंको प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सम्पन्न भएको छ । १७ औँ सभा बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको हो ।

बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा।डा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ ४६ करोड २५ लाख र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्