सुर्खेत : नेपाल चिकित्सक संघ, सुर्खेत शाखाले स्वास्थ्यकर्मीहरू सुरक्षाको सुनिश्चितता गर्न माग गर्दै सोमबार सुर्खेत जिल्ला भित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाका बहिरङ्ग (ओपिडी) सेवा बन्द गर्न आह्वान गरेको थियो । नेपाल चिकित्सक संघ केन्द्रीय घोषित आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघ सुर्खेत शाखाले बन्द गरेको हो । सोहीअनुसार उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तर्गत मंगलबार पनि देशभरका अस्पतालहरुमा आकस्मिक र सघन उपचारबाहेकका सेवाहरु बन्द हुने भएका छन्।

चिकित्सक संघले सोमबार विज्ञप्ति जारी गर्दै सोमबार जस्तै मंगलबार पनि अकस्मिक एवं सघन उपचार बाहेकका अन्य सम्पूर्ण सेवाहरु बहिष्कार गर्न आह्वान गरेको छ। संघको आह्वानमा सोमबार देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प भएको थियो। जसका कारण बिरामीहरुले सास्ती खेप्नु परेको छ।
मंगलबार अस्पतालको सेवा बन्दसहित संघले काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ। संघले बिहान ११ बजे उपत्यका भित्रका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई माइतीघर मण्डलामा एवं उपत्यका बाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्बन्धित प्रदर्शन स्थलमा भेला भई धर्ना दिन आह्वान गरेको छ।
उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छन् ।
आम नागरिकलाई असुविधा नहोस् भन्ने हाम्रो चाहना हो, तर स्वास्थ्यकर्मीहरूको सुरक्षाको सुनिश्चितता नगरी यस्ता घटनाहरु दोहोरिन नदिनतर्फ सबैले गम्भीर ध्यान दिन जरुरी रहेको नेपाल चिकित्सक संघ सुर्खेत शाखा डा. विकास केसीले बताए ।
‘सम्बन्धित निकायलाई तत्काल गम्भीर ध्यानाकर्षण गराउँदै चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक नीति तथा कानुनी संरचना तत्काल कार्यान्वयन गर्न जोडदार माग गर्दछौं,’ उनले भने,‘सम्पूर्ण सरकारी तथा नीजी अस्पताल, पोलिक्लिनिक, अफिन, नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्यकर्मी संघ यूनियन, सम्पूर्ण पेशागत स्वास्थ्यकर्मीन्यूहरु, सम्पूर्ण क्लिनिकहरुलाई ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सक्रिय सहभागिताका लागि अनुरोध गर्दर्छौं ।’
साथै डा. केसीले संघको यस कदमबाट आम नागरिकहरुलाई पर्ने असरप्रति दुःख व्यक्त गर्दै सोको जिम्मेवार नेपाल सरकार स्वयम् रहेको बताए ।
ओपीडी बन्द हुँदा टाढाटाढाबाट सुर्खेतमा उपचार गर्न आएका बिरामी बढी समस्यामा परेका छन् ।













प्रतिक्रिया दिनुहोस्