कर्णाली प्रदेश: विना विभागीय मन्त्री परियारले लिए शपथ

होस्ट खबर १३ बैशाख २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन्। उनले बुधबार माओवादी केन्द्रका रणसिंह परियारलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन्। मन्त्री परियारले बुधबार नै शपथ पनि लिएका छन्।

कँडेल गत चैत २८ गते कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसपछि एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। मंगलबार मात्रै दुई दलबीच मन्त्रालयको विषयमा सहमति जुटेको थियो।

बिहीबार भने मुख्यमन्त्री कँडेलले प्रदेश सभाबाट विश्वासको मत लिने तय भएको छ। त्यसका लागि मंगलबार नै प्रदेश सभा सचिवालयमा सूचना दर्ता भइसकेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array