कर्णाली केयर अस्पतालमा ८० बर्ष माथीकालाई अर्थोपेडिक-ओपिडी सेवा निशुल्क

होस्ट खबर ८ बैशाख २०८१, शनिबार
1 Min Read
Aa

सुर्खेत : कर्णाली केयर अस्पताल सुर्खेतले ८० बर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई डाक्टरको शुल्क (ओपिडी) निशुल्क गरेको छ ।

नयाँ बर्षसँगै अर्थोपेडिक विभाग अन्तर्गत उपचारमा आउने ८० बर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई ओपीडी सेवा निशुल्क गरिएको अस्पतालका निर्देशक दिपक गौतमले बताए ।
सबै सेवा निुशल्क गर्ने तत्काल अवस्था छैन, उनले भने, अहिलेलाई ओपिडी सेवा निशुल्क गरिएको छ ।

उनले भविस्यमा ८० बर्ष भन्दा माथीका जेष्ठ नागरिकको सम्पूर्ण उपचार खर्च निशुल्क गर्ने योजना रहेको पनि बनाए ।

८० बर्षमाथीका कतिपय व्यक्ति बेसहारा अवस्थामा रहेको, कतिपयसँग उपचार गर्ने पैसा पनि नभएकोले नयाँ बर्षदेखि त्यस्ता नागरिकको शुल्क नलिने निर्णयमा पुगेको हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. रुपक कँडेलले बताए ।

हुन त पहिले देखि नै गरिव तथा विपन्न नागरिकलाई निशुल्क सेवा दिदै आएका थियौ, उनले भने, अव ८० बर्ष भन्दा माथीका बुवाआमाको लागि पनि केही सुविधा दिने प्रयास गरेका छौ ।
करिव ३ बर्षअघि संचालनमा रहेको ५० बेडको उक्त अस्पतालले अहिले हाडजोर्नी तथा नसारोग, छाला रोग, बाल रोग, स्त्रीरोग, जनरल फिजिसियन, सर्जरी, सिटी स्क्यानलगायतका सेवाहरु दिइरहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array