कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा विश्वासको मत लिने तयारी

होस्ट खबर १२ बैशाख २०८१, बुधबार
0 Min Read
Aa

सुर्खेत : कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने तयारी थालेका छन् । विश्वासको मत लिने प्रयोजनार्थ उनले मंगलबार प्रदेश संसद् सचिवालयमा पत्र दर्ता गराएका छन् । उनले आगामी विहीबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

सरकार गठन भएको लामो समयसम्म कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सत्तारुढ दलबीच भागबण्डामा कुरा नमिलिरहेको अवस्थामै उनले विश्वासको मत लिने तयारी थालेका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array