७८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य

होस्ट खबर २८ पुष २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं : आयकर तिर्ने अन्तिम दिन आगामी ३० गते शनिबार पनि राजस्व संकलन हुने भएको छ । सार्वजनिक बिदाको दिन आगामी शनिबार राजस्व संकलन गर्ने बैंकहरूका शाखा तथा काउन्टरसँग समन्वय गरी सेवाग्राही एवं करदातालाई सहजरूपमा कर बुझाउने व्यवस्था मिलाइएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले विभागले करदाता एवं सेवाग्राहीलाई पुस मसान्तभित्र बुझाइसक्नुपर्ने आयकर तिर्न कुनै समस्या नहोस् भन्ने उद्देश्यले राजस्व उठाउँदै आएका विभिन्न बैंकका शाखा एवं काउन्टर आगामी शनिबार बिदाको दिन पनि खुला गर्ने निर्णय गरिएको जानकारी दिए । पुस महिना आयकर शीर्षकमा मात्रै ७८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिइएको विभागले जनाएको छ ।

मैनालीले आगामी ३० पुसको दिन शनिबार सार्वजनिक बिदा परेकाले सो दिन पनि राजस्व संकलनमा कुनै प्रभाव नहुनेगरी राजस्व संकलन गर्दै आएका सबै बैंकका शाखा एवं काउन्टर खुला रहने जानकारी दिए ।

विभागका महानिर्देशक मैनालीले हाल मुलुकभर राजस्व बुझाउने कुल ८४ वटा बैंक शाखा एवं राजस्व संकलन काउन्टर रहेको बताए ।

विभागका अनुसार पुस महिना आयकरवापतको पहिलो किस्ताको ४० प्रतिशत रकम अग्रिम भुकतानी गर्नुपर्ने कानुनी व्यावस्था छ । सोही व्यवस्थाअनुसार सेवाग्राही एवं करदातालाई अबको केही दिन पुस मसान्तसम्म जसरी पनि आफ्नो व्यवसायमा गरिएको आयकरवापतको पहिलो किस्ता राजस्व रकम बुझाइसक्नुपर्ने दबाब छ । राजधानी दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array