आधा शताब्दी पार गर्दा पनि सबल बन्न नसकेको संस्था

होस्ट खबर २७ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं : नेपाल आयल निगम मंगलबारबाट ५३ औं वर्षमा लागेको छ । कुनै पनि संघसंस्था सम्पूर्ण पक्षबाट मजबुत र परिपक्क हुन ५२ वर्ष धेरै लामो समय हो । विडम्बना आधा शताब्दी पार गर्दा पनि निगम आर्थिक रुपमा अझै सक्षम हुन सकेको छैन् । अधिकांश समय निगम वित्तीय घाटाको समस्यासँग जुधिरहेको छ । अहिले पनि निगम १८ अर्ब रुपैयाँ ऋणमा छ ।

अपवाद छोडेर हेर्ने हो भने मुलुकका अधिकांश सहकारी स्वामित्वका संस्थानको अवस्था निगमको जस्तै९जस्तै हो । पैसा अभावमा नै कतिपय संस्था बन्द हुँदै खुल्दै गएको अवस्था छ । यति लामो समयमा पनि आर्थिक रुपमा दरो हुन नसक्नुमा सायद सरकारी हुनुको दुर्भाग्य निगमले भोगिरहेको छ ।

निगमले ५२ वर्षदेखि पेट्रोलियम पदार्थको पूर्ण एकाधिकार बजार पाएको छ । पछिल्लो तथ्यांकलाई हेर्दा वार्षिक ३ खर्ब रुपैयाँभन्दा बढिको कारोबार यसले गर्दै आएको छ । नेपालमा अन्य कुनै पनि कम्पनी वा संस्थाको यति धेरै रकमको कारोबार छैन् । कारोबार दैनिकबाट

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array