काठमाडौं : मुलुकमा धमाधम ठूला बैंकबीच आपसमा मर्ज हुने एवं एकआपसमा गाभिनेक्रम बढेसँगै वाणिज्य बैंकहरूको संख्या २८ बाट घटेर अब जम्मा १८ वटामा झरेको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
यसअघि नेपाल राष्ट्र बैंकले दिएको मर्जर सुविधा एवं पहलपछि हाल धमाधम ठूला बैंकहरूबीच यस्तो मर्जर एवं आपसमा गाभिने क्रमले तीब्रता पाएको हो । यही लहरसँगै अब वाणिज्य बैंकहरूको संख्या घटेर १८ वटामा झर्ने देखिएको हो । मर्ज हुनेक्रममा सोमबार मात्रै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डु ९बीओके० गाभिएर एकीकृत कारोबार सुरु गर्दै छन् । यस्तैक्रम अन्य बैंकले यो साताभर जारी राख्ने भएका छन् ।
यसरी मर्ज भई एकीकृत कारोबार सञ्चालन गर्न केही बैंकले आफ्ना निक्षेपकर्तालाई आन्तरिक सफ्टवेयरको काम मिलाउन भन्दै केही दिन बैंकिङ कारोबार सेवा नै बन्द हुने बताइरहेका छन् । जसका कारण निक्षेपकर्ताले अझै एकदुई दिन आफ्नो खातामा भएको पैसासमेत झिक्न पाउनेछैनन् ।
पछिल्लोपटक २७ वटाबाट झरेर २१ वटामा आइपुगेको वाणिज्य बैंकहरूको संख्या ग्लोबल आईएमई बैंक र बैंक अफ काठमान्डु ९बीओके० बीच मर्ज भएपछि २० मा झर्ने छ । आगामी मंगलबार प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक गाभिनेछन् । यस्तै आगामी बुधबार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल पनि एकआपसमा गाभिएर एकीकृत कारोबार थाल्ने जनाइएको छ । त्यसपछि हिमालयन बैंक र सिभिल बैंकले पनि मर्जरका लागि वार्षिक साधारणसभा डाकेका छन् ।
आगामी साता लक्ष्मी र सनराइज बैंकबीच मर्जरको सम्झौता हुँदै छ । यसअघि नेपालमा कुनैबेला वाणिज्य बैंकहरूको संख्या धमाधम बिस्तार भएर ३२ वटासम्म पुगेको थियो । त्यतिबेला सरकारले नयाँ लाइसेन्स बाँडिएको तथा ‘ख’ र ‘ग’ वर्गका संस्थालाई स्तरोन्नति गर्न दिइएका कारण संख्या बढेको थियो ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले चार वर्षदेखि ‘बिग मर्जर’ योजना अघि सारेको हो । राजधानी दैनिकबाट
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्