काठमाडौं : नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बाराको निजगढमै बनाउन विज्ञ समूहले सरकारलाई सुझाव दिएको छ । विमानस्थल बनाउन यसअघि तोकिएको ८ हजार हेक्टर क्षेत्रफललाई घटाएर सोही स्थानमै बनाउन विज्ञ समूहले सुझाव दिएको हो ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
विज्ञ समूहले दिएको सुझावअनुसार विमानस्थल निर्माण हुने क्षेत्रफल ४ हजार १५५ हेक्टर घटेको छ । उक्त विमानस्थल सम्बन्धमा सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठअनुसार निर्माणको काम अघि बढाउन सकिने गरी समूहले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको हो ।
सुझावअनुसार अघि बढे विमानस्थल निर्माण हुने क्षेत्रफल ३ हजार ८४५ हेक्टर हुनेछ । यसअघि निजगढ विमानस्थल ८ हजार हेक्टरमा बन्ने भनिएको थियो । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्