२९ वैशाख, काठमाडौं । बुद्ध एयरले आगामी आइतबारदेखि विभिन्न ६ वटा विमानस्थलमा रात्रिकालीन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान अवतरण सुविधा भएका विमानस्थल १८ घण्टा खुला राख्ने निर्णय गरेसँगै कम्पनीले ६ वटा विमानस्थलमा रात्रिकालिन उडान गर्न लागेको हो । यसअनुसार अब रातको १२ बजेसम्म आन्तरिक उडानका जहाज उड्ने भएका छन् ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3410.png")
बुद्ध एयरले शनिबारबाट जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालीन उडान गर्न लागेको जनाएको छ । यी उडानमा राती ८ बजेदेखि समय सुरु हुने छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाको करिब १३ प्रतिशत रात्रिकालीन उडान रहेको छ ।
दैनिक कामकाजमा व्यस्त यात्रुहरुका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । रात्रिकालीन उडान विहान दिउँसोको तुलनामा सहज, सरल र सस्तो हुने पनि जनाएको छ ।
बुद्ध एयरले रात्रिकालीन उडान हुने गन्तव्यहरुमा त्यहााको प्रदेश र स्थानीय सरकारले सार्वजनिक यातायातको सुविधाको लागि अनुरोध गरेको छ । यात्रुहरुको थप आउजाउले स्थानीयस्तरमै रोजगार सिर्जना हुने र राजस्व वृद्धिमा पनि भूमिका खेल्ने विश्वास बुद्ध एयरले लिएको छ ।
बुद्ध एयरले काठमाडौंको हकमा ‘टुटल’साग समन्वय गरी रात्रिकालीन उडानका लागि ट्याक्सीमा आकर्षक छुटको अफर पनि ल्याउन लागेको जनाएको छ ।
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/75575C8E-23F0-4247-8E15-583FC61034A6.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/birendranagar.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/samajik-bikas-mantralaya.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/IMG_3389.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/bheriganga1.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2023/07/C8407B6D-1349-4F3E-B9DF-1C51A9F97C88.jpeg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/lekhbesi.jpg)
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/gurbhakot.jpg")
![](https://hostkhabar.com/wp-content/uploads/2024/07/12CE903B-2DFE-4D78-89F9-8B93CDF19311.jpeg)
प्रतिक्रिया दिनुहोस्