माया खोला हाइड्रोले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

होस्ट खबर ४ जेष्ठ २०७९, बुधबार
0 Min Read
Aa

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३४ कराेड रूपैयाँ बराबरकाे ३४ लाख कित्ता आईपीओ निष्कासन गर्न वैशाख २८ गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array