शिखर इन्स्याेरेन्सकाे लिलामी सेयरकाे बाेलपत्र बिहीबार खाेलिने

होस्ट खबर ४ जेष्ठ २०७९, बुधबार
1 Min Read
Aa

शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडले वैशाख १९ गते, साेमबारदेखि वैशाख २७ गते, मंगलबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा प्राप्त बाेलपत्रहरू भाेलि (जेठ ५ गते, बिहीबार) खाेलिने भएकाे छ ।

उक्त बाेलपत्रहरू बिहीबार बिहान १० बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडकाे कार्यालय,लाजिम्पाट, काठमाडाैँमा खाेलिने क्यापिटलले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

कम्पनीले  चैत १ गतेबाट चैत २१ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरमध्ये बिक्री नभएकाे सर्वसाधारण समूहको ७७ हजार ७ सय २० दशमलव ८८ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

628499e320511.jpg
होस्ट खबर

प्रतिक्रिया दिनुहोस्

Array