सुर्खेत : बराहताल गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशनको पहिलो बैठक आज सम्पन्न भएको छ । अधिवेशनको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम पारित गरेको छ।

बैठकमा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि जम्मा रु ६३ करोड ७ लाख ४८ हजार ९९९ बराबरको बजेट प्रस्तुत गरेकि छन् । गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक संरक्षणलाई प्राथमिकता दिने गरी बजेट विनियोजन गरेको छ । गाउँपालिकाले सुशासनयुक्त गाउँपालिका बनाउने कार्यका लागि आवश्यक नीति निर्माण गरी कार्यान्वयन गर्नेमा जोड दिएको छ ।
त्यसैगरी बराहताल गाउँपालिकाले यस वर्ष दिगो रोजगारी सिर्जना तथा प्रवर्धनलाई उच्च प्राथमिकतामा राखेर ‘मिसन रोजगारी दिगो रोजगारी र उद्यमशीलता प्रवर्धन अभियानू सञ्चालन गर्ने भएको छ। त्यसैगरी बराहताल गाउँपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरूका लागि बजेट निर्माण गरीने समेटिएको छ । ‘एक घर एक धारा पूर्ण सरसफाई उन्मुख पालिकाु घोषणा अभियान सफल बनाउने विविध गतिविधि सञ्चालन गरिने, खरको छानामुक्त घर बनाउने अभियानलाई पूर्णता दिन सुरक्षित नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
बैठकमा जनप्रतिनिधि, गाउँकार्यपालिकाका सदस्यहरू, विभिन्न वडाका अध्यक्षहरू, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्