यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीद्वारा सुदूरपश्चिम पराजित

होस्ट खबर २१ जेष्ठ २०८२, बुधबार
2 Min Read
Aa

सुर्खेत : सोमबारदेखि सुर्खेतमा जारी टि.बी. शाह यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले सुदूरपश्चिमलाई हराएको छ। कर्णालीले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिल्ये जित निकालेको हो।

कर्णालीका कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि सुदूरपश्चिम सस्तैमा समेटिएको थियो । ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट भयो ।
कर्णालीका कप्तान शर्माले आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शनलाई जारी राखे । चार ओभर बलिङ गरेका विपिनले दुई ओभर मेर्डन राख्दै दुई रन खर्चिएर पाँच विकेट लिन सफल भए ।

१० औं ओभरमा बलिङ गर्न आएका उनले एक रन मात्रै खर्चिए। बाह्रौँ ओभरमा एक रन दिएर एक विकेट लिएका उनले चौधौं ओभरमा मेर्डनसहित एक विकेट लिए भने १६ औं ओभरमा मेर्डनसहित तीन विकेट लिए ।

सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्क छुन सकेनन् । सुदूरपश्चिमका अविरल विकले नौ, आहन थलालले पाँच र हिमाल दुयालले दुई तथा सचिन भट्टले एक रन बनाए। सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो। कर्णालीका कप्तान विपिनले पाँच विकेट लिँदा विजय बोहराले तीन तथा नवीन न्यौपानेले दुई विकेट हात पारे ।

जवाफी ब्याटिङ थालेको कर्णालीले १८।३ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो । कर्णालीका ४। नेत्रविक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा र भूपेन्द्र जङ्ग शाहीले नटआउट रहँदै समान नौ रन बनाए ।
नवीन न्यौपानेले सात रन बनाउँदा ओपनर कस्तुप खड्‌काले चार रन बनाए भने कैलाश खड्‌का र रोशन शाहीले समान एक/एक रन बनाए। यो सुदूरपश्चिम प्रदेशको लगातार दोस्रो हार हो । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग सात विकेटले पराजित भएको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्