आईपीएलमा गुजरातमाथि पन्जाबको जित

होस्ट खबर १२ चैत्र २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ : इन्डियन प्रिमियर लिग आईपीएलको १८ औँ संस्करणमा पन्जाब किंग्सले विजयी शुरुआत गरेको छ ।

पन्जाबले मंगलबार रातिको खेलमा गुजरात टाइटन्सलाई ११ रनले हरायो । नरेन्द्र मोदी रङ्गशालामा एको खेलमा पन्जाबले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २४३ रन बनायो ।

पन्जाबका लागि कप्तान श्रेयास ऐयारले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे । शशांक सिंहले नटआउट १६ बलमा ४४ रन जोडे । प्रियांश आर्यले २३ बलमा ४७ रन जोडेका थिए ।

जवाफमा गुजरातले २० ओभरमा ५ विकेटको क्षतिमा २३२ रन मात्र बनाउन सक्यो ।

गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट भएका थिए । सेफन रुदरफोर्डले २८ बलमा ४६ रन जोडे ।

जोस बटलरले ३३ बलमा ५४ रन जोडे। आर्सदीप सिंहले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्