काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका कामप्रति नेपाली कांग्रेस असन्तुष्ट देखिएको छ ।

आफैँ प्रमुख साझेदार रहेको सरकारको कामप्रति कांग्रेस असन्तुष्ट देखिएको हो । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकमा कांग्रेस नेताहरूले सरकारको कामप्रति असन्तुष्टि जनाएका हुन् ।
बैठकमा धारणा व्यक्त गरेका नेताहरू फरमूल्लाह मन्सुर, महेन्द्र यादव, जीवन परियार, विमलेन्द्र निधि, अर्जुननरसिंह के।सी।, डा।प्रकाशशरण महत, डा। शेखर कोइराला, बलबहादुर के।सी।, ज्ञानेन्द्रबहादुर कार्की, डा। नारायण खड्का, सुजाता कोइराला र एनपी साउदमध्ये अधिकांशले सरकारका कामको विरोध गरेका हुन् ।












प्रतिक्रिया दिनुहोस्