काठमाडौँ : नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित गर्न भन्दै फेसबुक, एक्स (ट्विटर), इन्स्टाग्राम लगायतका प्लेटफर्मलाई एक महिनाभित्र दर्ता गर्न निर्देशन दिएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले तेस्रो पटक सूचना जारी गर्दै दर्ता नभए नेपालमा सञ्चालनमा रोक लगाउने चेतावनी दिएको हो।

निर्देशिकाअनुसार, नेपालमा सेवा प्रदान गर्न चाहने सामाजिक सञ्जालहरूले अनिवार्य रूपमा दर्ता हुनुपर्ने, आपत्तिजनक सामग्रीको निगरानी गर्नुपर्ने, प्रयोगकर्ताको गोपनीयता सुरक्षित गर्नुपर्ने लगायतका प्रावधान लागू गरिनेछ।
हालसम्म भाईवर मिडिया एस.ए.आर.एल, टिकटक र वुईटकमात्र दर्ता भएका मन्त्रालयले जनाएको छ। सरकारको यो निर्णयले डिजिटल स्पेसलाई सुरक्षित बनाउने दाबी गरिएको छ।













प्रतिक्रिया दिनुहोस्