काठमाण्डू विमानस्थल सञ्चालन अवधि घट्दै, पोखरा र भैरहवा जान अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ‘सर्कुलर’

होस्ट खबर १३ भाद्र २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतसम्भारका लागि सञ्चालन अवधि घटाउने भन्दै वायुसेवा कम्पनीहरूलाई आफ्ना केही उडानलाई पोखरा र भैरहवाका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानान्तरण गर्न अनुरोध गरेसँगै ती विमानस्थल अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न सक्षम अवस्थामा रहेको अधिकारीहरूले जनाएका छन्।

आगामी कार्तिक २३ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतसम्भारका लागि १० घण्टा बन्द गर्न लागेको र त्यो समयमा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवाहरूले नियमित उडानहरू भर्ने व्यवस्था आफूहरूले मिलाएको अधिकारीहरूले बताइरहेका छन्।

आगामी नोभेम्बर ८ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १४ घण्टामात्रै चल्ने भएकाले उडानहरू पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई नागरिक उड्डयन प्राधिकरणले भनिएको छ।

ती दुवै विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि सरकारले कार्ययोजना पारित गरको भन्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मङ्गलवार अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेका थिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्