मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव भदौ २८ गते, ९ विद्यार्थी संगठन दर्ता

होस्ट खबर ३२ श्रावण २०८१, शुक्रबार
1 Min Read
Aa

सुर्खेत : मध्यपश्चिम विश्वविद्यालय (एमयु)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भदौ २८ गते हुने भएको छ । निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी संगठन दर्ता गरेका छन्। बिहिबार बेलुकासम्म उत्साहपूर्वक विश्वविद्यालय विद्यार्थी संगठनले आ–आफ्नो संगठन दर्ता गराएका हुन् ।

यसअघि उपकुलपति नन्दबहादुर सिंह हुँदा अनेरास्ववियूको विषयलाई लिएर अदालतमा मुद्दा परेपछि निर्वाचन स्थगित भएको थियो । मुद्दाको फैसला भएसँगै निर्वाचन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।

उक्त स्ववियु निर्वाचनको लागि स्ववियु निर्वाचन अधिकृतको कार्यालयमा बिभिन ९ बटा संगठनहरुले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि संगठन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । दर्ता गर्ने बिभिन्न बिध्यार्थि सगठनहरु:

  • नेपाली काङ्ग्रेस निकट (नेपाल बिद्यार्थी संघ)
  • नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)
  • नेकपा (एमाले) निकट,अनेरास्ववियु
  •  नेकपा (एकीकृत समाजबादि) निकट,अनेरास्ववियू
  •  नेपाल मजदुर किसान पार्टी निकट (नेपाल क्रान्तिकारी बिद्यार्थी संघ)
  •  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (विप्लवंमोहन बैद्य) निकट,अखिल नेपाल बिद्यार्थी युनियन समाजवादी (विप्लव)
  • देवदुत मंच नेपाल (धार्मिक संघ)
  •  वैदिक साम्य संघ (धार्मिक संघ)
  •  राष्ट्रिय प्रजातन्त्र पार्टी निकट (राष्ट्रिय प्रजातन्त्र बिद्यार्थी संगठन)
होस्ट खबर

प्रतिक्रिया दिनुहोस्