सुर्खेत : नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व अब एमालेले गर्ने बताएका छन् । एमाले सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको बिहीबार उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले पाउने बताए । महासचिव पोखरेलले कर्णाली सरकारको नेतृत्व एमालेले गर्न दिनका लागि माओवादीलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
उनले ठूलो दलको हैसियतले नेतृत्वमा दावी गर्ने परम्पराको अन्त्य भइसकेकाले कर्णालीको नेतृत्वका लागि काठमाडौँ नधाउन एमाले र माओवादीका नेतालाई आग्रह गरे ।












प्रतिक्रिया दिनुहोस्