सुर्खेत : नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिम विश्वविद्यालय प्राज्ञिक ज्ञानको भण्डारसँगै भौतिक संरचनाका हिसाबले अन्य विश्वविद्यालयहरु भन्दा अगाडी बढेको बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दे पुर्व प्रधानमन्त्री केपी शर्मा ओली ।
मध्यपश्चिम विश्वविद्यालयमा नवनिर्मित भवनहरूको उद्घाटन गर्न शुक्रबार सुर्खेतको वीरेन्द्रनगर आएका ओलीले ‘विश्वविद्यालयले आफ्नो शिक्षालाई प्राविधितर्फ जोड्दै भौतिक संरचनामा समेत अगाडी बढेको बताए । उनले प्राविधिक पक्ष र हुम्यानिटिजतर्फ सबै विषयमा गुणस्तरीय शिक्षा विश्वविद्यालयले प्रदान गरेको कुरा अनुगमनबाट देखिएको बताए ।
यस्तै, विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम कार्यक्रम, विश्वविद्यालयलाई पेपरलेस बनाउन ४ वर्षदेखि भएको प्रयासको परिणामस्वरूप सुरु भएको उक्त कार्यक्रमको समेत उद्घाटन ओलीले गरेका हुन् ।
ओलीले भवन उद्घाटन गुणस्तरीय शिक्षाका लागि पछिल्लो समय विश्वविद्यालयमा पढाइको व्यवस्थापन, कक्षा, शिक्षक र विभिन्न विभागमा सुधारहुँदै गएको बताए ।
यस्तै, शुक्रबार नै विद्यार्थीसँग केपी शर्मा ओली विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न भएको छ । साथै एमाले कर्णाली प्रदेश कमिटीको दोस्रो बैठकलाई आलीले सम्बोधन गरेका थिए ।












प्रतिक्रिया दिनुहोस्