बालकुमारी घटना: सुर्खेतमा आज सरकारी सवारी साधन बन्द गराउने घोषणा

होस्ट खबर १५ पुष २०८०, आईतवार
2 Min Read
Aa

सुर्खेत : पौस १३ गते शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाबाट दुई जना युवाको मृत्युपछि देशैभर आन्दोलन चर्किरहेको छ। यस्तै आन्दोलन संघर्ष समिति सुर्खेतका अनुसार आइतबार सुर्खेतका सम्पूर्ण सरकारी सवारी साधन पूर्णरुपमा बन्द गराउने घोषणा गरेको छ। शनिबार एक विज्ञप्ती जारी गर्दे संघर्ष समितिले उक्त निर्णय गरेको हो ।

शुक्रबार बालकुमारीमा (ईपीएस) कोरिया भाषा परीक्षाको विषयमा भएको आन्दोलनमा प्रहरीको लाठिचार्ज तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र अछाममा वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

यस्तै आफन्तहरूले चरणबन्द आन्दोलनका कार्यक्रम अन्तरगत सम्पूर्ण सरकारी सवारी साधन पूर्णरुपमा बन्द गर्ने र दिउँसो १२ बजेदेखि १ बजेसम्म एक घण्टाका लागि सम्पूर्ण सवारी साधन बन्द गर्ने निर्णय गरेका छन् ।

शनिबार दैलेखमा बिरोध प्रदर्शन

बालकुमारीमा हिजो शुक्रबार भएको घटनाको बिषय लाई लिएर युवाले दैलेख सदरमुकाम मा बिरोध प्रदर्शन गरेका छन । सनिबार प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गदै युवाले प्रदर्शन गरेका हुन । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको कुटाइबाट दैलेख र अछामका गरी दुईजना युवाको मृत्यु भएको थियो ।

दैलेख बजारमा हत्याविरुद्ध उत्रिएका युवाहरूले ‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन’ भन्दै विरोध प्रदर्शन गरेका थिए। युवाहरूले हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग राखेका छन्।


उनीहरूले मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै अहिलेको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

कोरियाली भाषा परीक्षाको विषयमा प्रदर्शनका क्रममा शुक्रवार प्रदर्शनकारीले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाएका थिए। त्यसपछि प्रहरीले अश्रुग्याँस, लाठीचार्ज र गोली चलाउँदा दुईजना युवाको ज्यान गएको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्