मेहेलकुना : पुर्वी सुर्खेतमा पहिलो पटक गुर्भाकोट नगरपालिकाले नगरबासीका लागि ‘खुला व्यायाम स्थल’ संचालनमा ल्याएको छ ।

मेहेलकुना बजारको शुभघाट मेलास्थल खुल्ला चौरमा पहिलो पटक नगरपालिकाले खुल्ला जिम संचालनमा ल्याएको हो । गुर्भाकोट नगरपालिकाले स्थानीय जनताको स्वास्थ्य सुधार र सक्रिय जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले ऐतिहासिक कदम चालेको दावी गरिएको छ। नगर प्रमुख हस्त पुनको अगुवाइमा हालसालै पहिलो पटक तीन स्थानमा आधुनिक खुला व्यायाम स्थल निर्माण गरिएको छ ।
नगरपालिकाले मेहेलकुनाको खैरिनी, गुमीको शिवनगर, र बोटेचौरको पाटीहाल्नामा खुला व्यायाम सामग्रीहरू जडान भइसकेका छन्। यी ठाउँहरूमा बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले सजिलै र सुरक्षित रूपमा व्यायाम गर्न सक्ने वातावरण सिर्जना गरिएको छ। बिहान बेलुकाको समयमा व्यायाम गर्नेहरुको उपस्थिति बढ्दै गइरहेको ।
जसले यस अभियानले समुदायमा सकारात्मक प्रभाव पारिरहेको स्थानीयले बताए । गुर्भाकोट नगरपालिकाले यो अभियानलाई दीर्घकालीन योजनाका रूपमा अगाडि बढाउने तयारी गरिरहेको छ। व्यायाम स्थललाई सार्वजनिक सम्पत्तिको रूपमा सम्मान गर्न र सही तरिकाले प्रयोग गर्न सबैलाई आग्रह गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्