विश्वकप क्रिकेट लिग-२: नन्दन चम्कँदा नेदरल्यान्ड्समाथि नेपालको १६ रनको जित

होस्ट खबर २८ जेष्ठ २०८२, बुधबार
2 Min Read
Aa

काठमाडौं : विश्वकप क्रिकेट लिग-२ मा नेपालले मंगलबार नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै अर्को महत्वपूर्ण विजय हासिल गरेको छ।

यो जितमा नन्दन यादवको एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु र उत्कृष्ट बलिङ प्रदर्शन मुख्य कारक बन्यो।दाहिने हाते तीव्र बलर नन्दन र अनुभवी स्पिनर सन्दीप लामिछानेले ३.३ विकेट लिँदै नेपालको विजयमा निर्णायक भूमिका खेले।

नन्दनले आफ्नो डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गर्दै चौथो ओभरमा म्याक्स ओ डडलाई ४ रनमा आउट गरेर नेपाललाई राम्रो सुरुआत दिलाए। २ सय ३७ रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्स डन्डीको फोर्टहिल मैदानमा ४९.२ ओभरमा २२० रनमा अलआउट भयो। यसरी नेपालले १६ रनको सहज विजय हासिल गर्यो।

यो जितसँगै नेपालले स्कटल्यान्ड भ्रमणमा ४ खेलमध्ये ३ खेल जित्दै शृङ्खला आफ्नो नाममा गरेको छ। नेदरल्यान्ड्सका लागि अनुभवी ब्याट्सम्यान वेस्ली बारेसीले सर्वाधिक ३६ रन बनाए। उनले ६० बल खेल्दै ३ चौका प्रहार गरे।

कप्तान स्कट इडवार्डसले ३० रन ९४७ बल, २ चौका० र ओपनर माइकल लेभिटले २७ रन (२७ बल, ३ चौका, १ छक्का) बनाए।

देब्रेहाते नेपाली स्पिनर ललित राजवंशीले बारेसी र इडवार्डस दुवैलाई आउट गर्दै महत्वपूर्ण विकेट लिए। सन्दीप लामिछानेले ज्याक लियन क्याचेट ९२ रन० र तेजा निडामानुरु ९१७ रन० लाई आउट गरे। कुशल भुर्तेलले नोह क्रोसलाई ९२२ रन, २७ बल, ४ चौका० एलबीडब्लू आउट गरे।

लिग-२ मा स्थिति
१५ खेलमा १२ अङ्क जोड्दै नेपाल सातौँ स्थानमा छ। यद्यपि हालैका उत्कृष्ट प्रदर्शनले टोलीको मनोबल बढाएको छ। यो नेदरल्यान्ड्सको लगातार चौथो पराजय हो। तर पनि २३ खेलमा २६ अङ्क जोड्दै टोली दोस्रो स्थानमा रहेको छ।

छनोट प्रणाली : आठ राष्ट्र सहभागी लिग(२ का शीर्ष चार टोली विश्वकप छनोटमा पुग्नेछन्। यसैले प्रत्येक खेल महत्वपूर्ण छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्