सुर्खेत : सुर्खेत उद्योग वाणिज्य संघले नयाँ कार्यसमिति पाएको छ । वैशाख ६ गते सम्पन्न निर्वाचनले नयाँ नेतृत्व पाएको हो । गत चैत्र २६ गते अध्यक्षमा हर्षविक्रम खड्काको एकल उम्मेदवारी परेपछी खड्का निर्विरोध निर्वाचित भएका थिए । अन्य पदाधिकारी भने चुनावी मैदानमा थिए । चैत ३१ गते उम्मेदवारी फिर्ता लिने अन्तिम दिनमा अन्य धेरै पदका पदाधिकारीले उम्मेदवारी फिर्ता लिएपछी एक जना उपमहासचिव, सहकोषाध्यक्ष र ११ सदस्यका लागि निर्वाचन भएको थियो ।

वाणिज्य संघको वरिष्ट उपाध्यक्षमा दिपेन्द्र ढकाल, वाणिज्य उपाध्यक्षमा, सिंहराज बम, उद्योग उपाध्यक्षमा, प्रेम प्रसाद पाण्डे निर्विरोध निर्वाचित भएका थिए । यस्तै महिला उपाध्यक्षमा कृति गुवाजु साक्य निर्विरोध निर्वाचित भएकी थिइन् । यस्तै महासचिवमा रामप्रसाद जैशी र कोषाध्यक्षमा लक्ष्मण देवकोटा निर्विरोध निर्र्वाचित भएका छन् । उपमहासचिवमा भने मतादान भएको थियो । एक पदका लागि पुर्णदेव अधिकारी र पहलमान बस्यालले चुनावी प्रतिस्पर्धा गरेका थिए । जसका लागि शनिबार मतदान भएको थियो ।
मतदानमा करिव सत्र सय मत खसेकोमा अधिकारीले ११ सय १६ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वि बस्यालले चार सय ११ मत प्रप्त गरेका थिए । यस्तै सहकोषाध्यक्षमा जनकबहादुर थापा र गणेश खड्का चुनावी मैदानमा थिए । अन्तिम नतिजा अनुसार थापाले आठ सय २४ मत ल्याएर विजयी हुँदा खड्काले ६ सय ९६ मत प्राप्त गरी पराजित भए । यस्तै खुला सदस्यहरुमा ११ पदका लागि १६ जना चुनावी मैदानमा थिए ।
अन्तिम मतपरिमाण अनुसार निर्वाचित हुनेमा रबिन्द्र थापा, भुवनलाल ज्ञवाली, बिन्द्रप्रसाद ढकाल, रमेश बराल, टोपेन्द्र जङ्ग शाही छन् । यस्तै रणबहादुर खड्का, मिनराज थापा, अजय गुरूङ्ग, भीमप्रशाद पौडेल, सन्तोषकुमार बराईली, खगेन्द्रप्रशाद शर्मा निर्वाचित भएका छन् । आरक्षण सदस्यमा संजिव बराईली, एसोसिएट सदस्यमा हरिकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्, भने महिला सदस्यमा पुजा सिंह र सरिता रावल निर्विरोध निर्वाचित भएका छन । निर्वाचित पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् ।












प्रतिक्रिया दिनुहोस्