सुर्खेत : हिजो आज सामाजिक संजालमा एउटा भिडियो निकै चर्चामा आएको छ। भिडियो बोल्ने नेता थिए नेकपा (एमाले)का महासचिव शंकर पोखल । उनले गणतन्त्रकै कारण कर्णालीवासी आज चामलको भात खान सक्ने भएको बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेले चैत्र २६ गते आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले जनताले दिएको जिम्मेवारी एमालेले सम्हाल्न सक्ने सन्देश दिन जनताको बीचमा आएको बताए।
जनताले ल्याएको परिवर्तनको रक्षा एमालेले गर्ने बताएका छन्।
‘गणतन्त्रले के दियो भन्नेहरूले यो कुरा देख्न सक्नुपर्छ। दशैँमा एक माना चामल पायो भने टीका लगाउन पाइन्न भन्ने अवस्थाबाट कर्णालीवासी आज चामलको भात खान सक्ने भएका छन्’, उनले भने।
नेपालको राजनीतिमा अढाई सय वर्ष शासन गरेको शाहवंशीय राजसंस्था जनताको आन्दोलनबाट सधैँका लागि बिदा गरिसकेको उनले बताए।












प्रतिक्रिया दिनुहोस्