बालरोग विशेषज्ञ डा. नवराज केसीलाई ‘राष्ट्रिय हेल्थ अवार्ड- २०८१’

होस्ट खबर ९ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

सुर्खेत : बालरोग विशेषज्ञ डा. नवराज केसीलाई राष्टियू हेल्थ अवार्ड-२०८१ बाट सम्मानित गरिएको छ । स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदान गरेको भन्दै उनलाई यो प्रतिष्ठित पुरस्कारद्वारा सम्मान गरिएको हो।

शनिवार एक कार्यक्रको बिच नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादवले सो अवार्ड डा. केसीलाई प्रदान गरेका छन् । कर्णालीका बालबालिकाको स्वास्थ्य हकमा महत्वपूर्ण भूमिका निवार्ह गर्दै आएका डा. केसीबाट यस पुरस्कारले कर्णाली लगायतका बालबालिकाको स्वास्थमा अझ प्रभावशाली योगदान पुऱ्याउने प्रेरणा दिने विश्वास गरिएको छ ।

राष्ट्रिय हेल्थ अवार्ड स्वास्थ्य क्षेत्रका विभिन्न कर्मवीरलाई सम्मानित गर्ने एक महत्वपूर्ण समारोह हो, जसले देशको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेल्ने व्यक्तिहरूको योगदानलाई उजागर गर्दछ। डा. केसीको यो उपलब्धिले स्वास्थ्य क्षेत्रमा थप सुधार र प्रगति ल्याउने विश्वास गरिएको छ।

कर्णालीमा बालस्वास्थ्य सेवाको सुधारमा डा. केसीको महत्त्वपूर्ण भूमिका छ। उनले यस क्षेत्रमा धेरै अवधीसम्म काम गर्दै गर्दा बालबालिकाका लागि विशेष स्वास्थ्य कार्यक्रम र जागरूकता अभियानहरू सञ्चालन गरेका छन्। उनले बालअधिकार र स्वास्थ्य सेवामा समान पहुँचको पक्षमा आवाज उठाउँदै कर्णालीमा रहेका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेका छन्।

डा. केसीले लेखन र सामाजिक काममा पनि योगदान पुर्याएका छन्।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्