माओवादी पनि सरकारमा सामेल हुँदै, कम्तीमा तीन मन्त्रालय पाउने

होस्ट खबर १ चैत्र २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौँ : राजावादीहरूको प्रदर्शनले झस्किएका गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउन विभिन्न प्रयास गरिरहेका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादीले केन्द्रले त हुलाकी मार्गमा चलाइरहेको जागरण अभियानसमेत स्थगित गरेर नेताहरूलाई काठमाडौँ केन्द्रित गराएको छ । अनपेक्षित रुपमा गरिएको उक्त कार्यक्रम स्थगन निकै अर्थपूर्ण रहेको छ ।

बालुवाटार स्रोतका अनुसार, प्रतिक्रियावादीहरु सल्बलाएको भन्दै माओवादी समेत सत्ता गठबन्धनमा सामेल हुने कोसिस गरिरहेको छ । साथै कांग्रेस, एमाले र माओवादी लगायत गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिएको सन्देश दिन उनीहरूले संयुक्त भेला र प्रदर्शन पनि गर्ने प्रस्तावमा छलफल भइरहेको छ ।

छलफलमा सहभागी स्रोतका अनुसार, अहिले पावर सेयरिङका विषयमा सघन छलफल भइरहेको छ । माओवादीले चारवटा मन्त्रालय, केही संवैधानिक पद र सर्वोच्च अदालतको एकजना न्यायाधीश आफूले पाउनुपर्ने दाबी गरहेको छ ।

तर, कांग्रेस–एमालेले भने तीनवटा मन्त्रालय दिन सकिने जनाउ दिएका छन् । अहिलेसम्मको छलफल अनुसार, माओवादीले भौतिक पूर्वाधार, ऊर्जा र पर्यटन मन्त्रालय पाउन सक्नेछ ।

संविधान संशोधन र जनजीविकाका विषयमा पनि संयुक्त रोडम्याप बनाउने गरी प्रमुख तीन दल गृहकार्यमा जुटेको स्रोतले बताएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्