डोल्पाका किसानलाई अनुदानमा स्याउको बिरुवा वितरण

होस्ट खबर ४ फाल्गुन २०८१, आईतवार
1 Min Read
Aa

डोल्पा : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले यहाँ विभिन्न जातका स्याउका बिरुवा वितरण गरेको छ। स्याउ जोन प्रभाव क्षेत्रमा क्षेत्रफल विस्तार कार्यक्रमअन्तर्गत प्रस्ताव आह्वान भइ छनोट भएका कृषक समूहरसहकारीरफर्मलाई ५० प्रतिशत अनुदानमा १२ हजार छ सय बिरुवा वितरण गरिएको छ।

स्याउ जोन प्रभाव क्षेत्र ठुलीभेरी नगरपालिका, जगदुल्ला गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाको ३ र ४ का कृषकलाई गोल्डेन, रोयल, रेड डेलिसियस, रेड रिचाड जातका स्याउका कलमी बिरुवा वितरण गरेको परियोजना कार्यान्वयन एकाइका प्रमुख गोविन्दबहादुर मल्लले जानकारी दिए।

डोल्पा स्याउ खेती र सिमी खेतीको लागि उपयुुक्त ठाउँ भएको हुँदा विशेष योजनाका साथ कार्यालयले काम गरिरहेको उनले बताए। मुड्केचुला र काइके गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागू भइरहेको छ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्