हमासले लगेका विपिन जोशी जीवित छन् तर रिहा हुने सूचीमा भने छैनन्: टाइम्स अफ इजरायल

होस्ट खबर १७ माघ २०८१, बिहीबार
1 Min Read
Aa

काठमाडौँ : हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेका टाइम्स अफ इजरायलको एक समाचारले पुष्टि गरेको छ।

विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेपाली पनि उल्लेख गरिएकाले उनी जीवित रहेको प्रमाणित भएको छ।

गाजामा अझै आठ थाई बन्धकहरू साथै एक नेपाली र एक तान्जानियाली जीवित रहेको टाइम्स अफ इजरायलले उल्लेख गरेको छ।

तर बिहीबार (आज) छुट्ने बन्धकहरूको नाममा भने विपिनको नाम उल्लेख गरिएको छैन।

विपिन जोशीलाई सन् २०२२ को अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणका क्रममा गाजा नजिकैको इजरेली सहर किबुत्ज अलुमिमबाट अपहरण गरेको थियो।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्