को हुन् कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह ?

होस्ट खबर २१ श्रावण २०८१, सोमबार
6 Min Read
Aa

सुर्खेत : जाजरकोट प्रदेश सभा-१ (ख) बाट निवाचित कर्णाली प्रदेश सभा सदस्य राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन् । नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित सरकारमा कांग्रेसका तर्फबाट शाह मन्त्री बनेका हुन् । आईतबार कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेसबाट चारजना संसदले मन्त्रि पदको सपथग्रहण लिएका छन् । उनको नेतृत्वमा कांग्रेसका मन्त्रि सरकारमा सहभागी बनेको हो । सपथग्रहण गरेका शाहसहित घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका हुन् ।

०४९ सालतिरै संयुक्त जनमोर्चाको युद्धको तयारी थियो। त्यही समय एकजना १६ वर्षीय किशोर (राजीव विक्रम शाह) सहरबाट पहिलोपटक जाजरकोट पुगे । राजीवलाई त्यसबखत माओवादीको युद्ध तयारीबारे केही थाहा थिएन ।  काठमाडौंबाट पहिलोपटक पुख्र्यौली थलो पुगेका राजीवलाई त्यहाँको अवस्थाले भावुक बनायो । उनी फर्किएपछि पनि जाजरकोटको अवस्थाले उनलाई घोचिरहृयो । उनले आफ्नो पढाइ सकेर पुख्र्यौली थलो जाजरकोटको दुरावस्था परिवर्तन गर्न सेवा गर्ने सोच बनाए ।

भारत हुँदै लण्डन तथा अमेरिकाका विभिन्न शैक्षिक संस्थाबाट अध्ययन पूरा गरिसकेपछि राजीवविक्रम २०६३/०६४ तिर दोस्रो पटक जाजरकोट पुगेर सामाजिक सेवामा सक्रिय भए । त्यसक्रममै उनी पार्टीगत हिसाबले कांग्रेससँग नजिक भए । २०६४ को पहिलो संविधानभाको चुनावमा राजीवविक्रम पनि कांग्रेसको समानुपतिक बन्दसूचीमा परे तर उनी सांसद बन्न पाएनन् । उनि राजनिति भन्दा पनि समाज सेवामा नै रमाउने व्यक्ती हुन् । जाजरकोटबासीकै करकापले राजनीतिमा आएको उनि बताउँछन्। ‘म धेरै भाषण गरेर भन्दा पनि सेवा गरेर नै अगाडि बढिराखेको छु,’ उनि भन्छन्, ‘परिस्थितिले डोर्‍याउँदै राजनीतिमा ल्याइपुर्‍यायो।’

शाहको राजनीतिक  छलाङ

राजीव विक्रम शाह नेपाली काँग्रेस पार्टीगत राजनीतिमा १४ औँ महाधिवेशन प्रतिनिधि विजयी भएका थिए । हाल उनि पार्टीको केन्द्रिय कार्य समिति सदस्य पनि हुन् । पार्टी भित्र ध्रुवीकरण तिब्र भैरहेको बेला उनि मिलाउन सक्ने नेतामा पनि पर्छन् । उनि गुटको आधार राजनीति नगर्ने नेताको रूपमा काङ्ग्रेस वृत्तमा चिनिन्छन् । नेपाली काङ्ग्रेसलाई बिभाजन होईन एकताबद्ध पार्ने अभियानमा लागेका कारण पनि पार्टी भित्र लोकप्रिय नेता छवि बनाउन सफल छन् । उनि जसरी पार्टी भित्र साझा नेता छन् , बाहिर पनि सबैको प्रिय छन् । कर्णाली प्रदेशमा विपक्ष दलहरूले समेत रुचाउने पात्रमा पर्छन् शाह ।

२०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा क्षेत्र नं. २ बाट शाहले जित हासील गरि नेपाली राजनीतिमा इन्ट्री लिएका थिए । २०७४ को सङ्घीय  निर्वाचनमा भने माओवादी नेता शक्ति बस्नेतसँग पराजित भएका थिए । यसपटक भने उनि २०७९ सालको निर्वाचनमा काँग्रेस – मावोबादी गठबन्धनबाट कर्णाली प्रदेश सभा जाजरकोट -१ (ख) बाट निवाचित भएका हुन् ।२०७९ कर्णाली  प्रदेश सभा सदस्य भएपछि नेपाली काँग्रेसबाट संसदीय दलको नेता पनि उनको दाबी थियो तर उनि असफल भए ।

राजीवले सांसद हुँदा आफ्नो पारिश्रमिक समेत जाजरकोटका दुःखी, गरीव र पीडितहरुका लागि सहयोग गर्दै आएका छन् , उनि छोटो समयमा जनतासँग धेरै भिजेका छन् ।

शाहका दर्जन समाजसेवाका कदम, जसले उनलाई लोकप्रिय बनायो !

२०६६ सालमा जाजरकोटमा झाडापखालाले ठुलो महामारीको रुप लियो। हजारौं मान्छे झाडापखालाले सिकिस्त भए भने दुई सयभन्दा बढीको मृत्यु भयो। संकटको घडीमा शाह आफैंले बाटोको पहुँच नभएको कारण हेलिकप्टरमार्फत स्वाथ्यकर्मी र औषधि लिएर सेवा गरेका थिए। त्यसबेला गरेको सेवाले शाहलाई एउटा आशाको रूपमा स्थापित गर्यो।

उनले गाउँ बस्तीहरुमा स्वास्थ्य सेवाको अभावमा सामान्य उपचार गर्न सुर्खेत, नेपालगन्ज जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने संकल्पसहित आफ्नो व्यक्तिगत लगानीमा जाजरकोटको दुर्गम गाउँमा २५ शैय्याको अस्पताल निर्माण थाल्लेका छन् । कुमारी ट्रस्टमार्फत ५ करोड रुपैयाँको लगानीमा छेडागाड नगरपालिका-५ थल बजारमा अस्पताल निर्माण थाल्लेका थिए। राज्यले नसकेको ठाउँमा जनताको सेवाको लागि अस्पताल निर्माण कार्य सुरुवात गर्ने कुराले राजीव जनताका आधारभुत समस्या समाधान गर्न चाहन्छन् भन्ने सन्देश सबैतिर छ। शाहको विशेष सहयोगमा जाजरकोट जिल्ला अस्पतालमा निःशुल्क एम्बुलेन्स सेवा पनि चलिरहेको छ।

बर्षौं नै जस्तो छिन्चु-जाजरकोट-डोल्पा सडकखण्डमा भएका ठुला यातायात दुर्घटनामा राजीवले राहत तथा उद्धार गर्दै आएका छन्। दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई राहत उपलब्ध गराउँदै आएका शाहले उपचार तथा टुहुरा बालबालिकालाई पढाइ दिने काम पनि गरेका छन्। भर्खरै मात्र जाजरकोटको छेडागाड भएको जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा शाहकै अनुरोधमा माइती नेपालले लिने भएको छ।

उनले कर्णालीका विभिन्न गाउँ बस्तीहरुको भ्रमण गर्दा छाना चुहिनेदेखि जीर्ण अवस्थामा रहेका जनताका घरहरू मर्मतका लागि सहयोग गर्नेदेखि सबै गाउँका मानिसहरूलाई पुनर्निर्माणका लागि आ-आफ्नो तबरले सहयोग गर्ने वातावरण बनाउँदै आएका छन्।

उनले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका कर्णाली प्रदेशका अस्पताल र जिल्ला अस्पतालहरूका लागि एक करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेर महामारीको संकटबाट गुज्रिएको कर्णालीलाई मलम लगाउने काम गरेका थिए। प्रदेश अस्पताल सुर्खेतमा ५ वटा आइसीयु बेड, इसिजी मेसिन, प्यासेन्ट मनिटरलगाएतका ८० लाख बराबरको स्वास्थ्य सामग्रीका साथै कर्णाली प्रदेशका अन्य जिल्ला अस्पतालमा ३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए।

राजीवले तीव्र र दिगो विकासको पैरवी गर्दै आएका छन्। पूर्वाधार निर्माणमा भएको ढिलासुस्तीले जनतालाई कष्ट पर्ने भन्दै राज्य मातहतका निकायलाई ध्यानाकर्षण गराउनेदेखि समयमा काम सम्पन्न गराउन आफैँ अग्रसर हुने जस्ता कारणले राजीव जनता माझ लोकप्रिय छन्। शाहले ठेकेदारले लापरवाही गरेर छाडेपछि १२ वर्षसम्म अलपत्र परेको जाजरकोट-डोल्पाको लाइफ लाइनका रुपमा रहेको राकमको पुल २०७० सालमा सांसद भएपछि ठेकेदारलाई बोलाएर त्यहाँ देखिएका समस्याका विषयमा समन्वय गरेर ९ महिनाभित्र सम्पन्न गराएका थिए।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्