काठमाडौं : सरकारले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ती प्रदेशका प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए ।

बाग्मती प्रदेशमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ ।
यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनैजनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।












प्रतिक्रिया दिनुहोस्