अन्य प्रदेशमा सरकार हेरफेर हुने भएपनि, कर्णालीका मुख्यमन्त्री कँडेल भने ढुक्क

होस्ट खबर २१ असार २०८१, बिहीबार
1 Min Read
Aa

सुर्खेत : केन्द्रमा सत्ता समीकरण फेरिने पक्का भएसँगै प्रदेश सरकारमा समेत हलचल शुरू भएको छ । समीकरण फेरबदलसँगै प्रदेश सरकारसमेत हेरफेर हुने त निश्चित नै छ ।

नयाँ समीकरण बन्ने भएपछि केहीलाई भने आफ्नो मन्त्री पद गुम्ने डर रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिहरुलाई आफ्नो मन्त्री पद गुम्ने सम्भावना धेरै छ ।

यसैबिचामा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल प्रदेश सरकारको नेतृत्वमा आफूले नै निरन्तरता पाउनेमा ढुक्क देखिएका छन् ।

केन्द्रमा भएको प्रारम्भिक छलफल अनुसार पनि कर्णालीको नेतृत्व एमालेले गर्ने बताइएको छ । यद्यपि सहमतिको वास्तविक पत्र भने बाहिर आइसकेको छैन । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेको १० र नेपाली कांग्रेसको १४ सांसद छन् ।

यहाँ सरकार बनाउन कम्तीमा पनि २१ सांसदको समर्थन आवश्यक हुन्छ । दुई दल मिल्दा सहजै बहुमत पुग्ने हुँदा पहिलो चरणमा एमाले संसदीय दलका नेतासमेत रहेका कँडेलले नै मुख्यमन्त्रीमा निरन्तरता पाउने देखिन्छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्