कांग्रेस–एमालेलाई थप तीन दलको समर्थन, प्रधानमन्त्री प्रचण्डले विश्वास मतको सामना गर्ने

होस्ट खबर २० असार २०८१, बुधबार
1 Min Read
Aa

काठमाडौँ : नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बन्न लागेको नयाँ सत्ता समीकरणको सहमतिलाई राप्रपा, जनमत र लोसपाले समर्थन गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलवार बोलाएको बैठकमा यी दलका नेताले नयाँ सहमतिमा समर्थन जनाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
नेकपा एमालेको सचिवालय बैठकले कांग्रेससँग सत्ता समीकरणको सहमति भएको भन्दै आजसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ ।

मंगलबार च्यासलमा बसेको सचिवालय बैठकले संविधानको धारा ७६ (२) अनुसारको सरकार निर्माणको लागि आजसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई आह्वान गर्ने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने राजीनामा नदिने भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ समीकरण बनाउने सहमति गरेपछि मंगलबार बिहान बालुवाटारमा बसेको माओवादीको आकस्मिक पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बताएका हुन् ।

बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा नदिने र विश्वास मतको सामना गर्ने निष्कर्ष निकालिएको जानकारी दिए। प्रचण्डले तत्काल मार्ग प्रशस्त नगर्ने भएपछि दुई दलको सहमतिअनुसार एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्न बढीमा एक महिना कुर्नुपर्ने भएको छ ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्