कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति

होस्ट खबर १९ असार २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौँ : संसदको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएको छ । सोमबार मध्यरातमा दुई दलबीच सहमति जुटेको हो ।

उनीहरुबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको स्रोतले बतायो । सहमति अनुसार पहिले ओली प्रधानमन्त्री बन्नेछन् । त्यस्तै उनीहरुबीच मन्त्रालयका विषयमा भागबन्डा मिलेको छ । कांग्रेसले १० र एमालेले ९ मन्त्रालय लिने सहमति भएको छ । दुई दलबीच संविधान संसोधनको लागि समिति बनाउने समेत सहमति भएको छ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्नेबारे नेताहरुबीच छलफल चलिरहेको बारे सोमबार साँझ नै संकेत गरेका थिए । यता त्यसपछि ओलीले अफ्ना पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाएको समाचार पनि बाहिएिका थिए । तर मन्त्रीहरुलाई बोलाएको समाचार झुटो भएको भन्दै ओली सचिवालयले खण्डन समेत गरेको थियो । तर मध्यरातमा मन्त्रालयमा भागबन्डा सहित नयाँ सरकार बनाउन कांग्रेस र एमाले सहमत भएका हुन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्