साउन २३ गतेदेखि एसइईको पूरक परीक्षा

होस्ट खबर १८ असार २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा ९एसइई०को ग्रेड वृद्धि (पूरक) परीक्षा २३ साउनदेखि सुरु हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको बैठकले २३ साउनबाट पूरक परीक्षा गर्ने निर्णय गरेको हो ।

यसअघि दुई विषयमा नन ग्रेडेड ९अनुत्तीर्ण० विद्यार्थीका लागि बोर्डले १८ र १९ साउनमा परीक्षा गर्ने सूचना जारी गरेको थियो । तर मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा मिति पछि सरेको हो ।

अहिले पास भएका र पुरक परीक्षा दिने विद्यार्थीको पढाइमा ‘ग्याप’ कम गर्नका लागि असोजको पहिलो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ । बिहीबार प्रकाशित एसईईको नतिजा अनुसार २ लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेडेड भएका छन् ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्