विश्वकप फाइनलमा आज भारत र दक्षिण अफ्रिका भिड्दै

होस्ट खबर १६ असार २०८१, शनिबार
1 Min Read
Aa

काठमाडौं : जेठ २० गतेदेखि शुरु भएको टी–२० विश्वकप क्रिकेट २०२४ को उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका भिड्दैछन् । विश्वकप उपाधिका लागि हुने आजको खेल नेपाली समय अनुसार राति ८ः१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ। भारत दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो ।

भारतले यसअघि एक पटक मात्रै उपाधि जितेको छ । उसले पहिलो संस्करण सन् २००७ मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलंकासँग पराजित भएको थियो । श्रीलंकासँग पराजित भएको १० वर्षपछि आज भारतले फाइनलको खेल खेल्न लागेको हो । त्यस्तै, दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल खेल्दैछ । उसले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई नौ विकेटले हराएर फाइनलका लागि स्थान सुरक्षित गरेको थियो ।

दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो । नवौँ संस्करणको यो विश्वकपमा दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिका आठ र भारत सात खेलमा अपराजित छन् । भारतले क्यानडासँगको खेलमा वर्षा बाधक हुँदा अङ्क बाँडेको थियो ।

होस्ट खबर

प्रतिक्रिया दिनुहोस्